यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । भदौ २ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार सार्वजनिक गरेका हुन् । सरकारले नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझालाई बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने निर्णय गरेको छ ।
सञ्चार मन्त्री गुरुङले आज पत्रकार सम्मेलन मार्फत छानबिन समितिको सिफारिसमा नेपाल बिमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाले खराब आचरण प्रदर्शन गरेको कार्य क्षमताको अभाव रहेको र पदीय जिम्मेवारी पालना गरेको नदेखिएकाले निजलाई नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदबाट पदमुक्त गर्ने सरकारले निर्णय सुनाए ।
त्यस्तै, आगामी भदौ ३० देखि ३१ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने रिजिलियन्ट सप्लाइ चेइन्स, एन्ड इक्युटेवल ग्रोथ इन अ चेन्जीङ वल्र्ड अफ वर्क कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, आगामी असोज ७ देखि ९ गतेसम्म इन्डोनेसियामा आयोजना हुने एन्टी क्रप्सन इनिसिएटिभ फर एसिया एन्ड द पेसिफिक–२०२५ विषयक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सहभागी हुन स्वीकृति दिने सरकारको निर्णय छ ।

विपन्न नागरिक उपचार कार्यक्रम अब बिमा बोर्ड मार्फत

द्रूतमार्गको मुख्य चुनौती ‘सुरू विन्दु निर्धारण र जग्गा प्राप्ति’

रासायनिक मल वितरणमा हुने अनियमितता रोक्न कृषि मन्त्रीको निर्देशन

सरकारले व्यवसायीमैत्री नीति लिएकाले ढुक्कले लगानी गर्नुहोसः प्रधानमन्त्री ओली

मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत…

सात सय ४६ हेक्टर वनक्षेत्र अतिक्रमण

भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९ औं स्वतन्त्रत…

प्रतिक्रिया