आजको मौसमः बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी

काठमाडौँ- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रहीरहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एक दुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको लागायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र तराई भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका तराई र पहाडी भू-भागमा थोरै र बाँकी भू-भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा भारी बर्षाको सम्भाबना रहेको छ ।
कोशी प्रदेशको तराइ र पहाडी भू-भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने प्राधिकरणको तयारी

आधुनिक बाजाले बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

मनसुन क्रमशः कमजोर हुँदै

बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै क्यान्सर अस्पताल

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

नेपाल रुबेला रोग निवारण गर्न सफल

जिल्ला प्रहरी परिसर काठमाडौँको सफलता: एकै वर्षमा ५,५८५ फरार पक्राउ

प्रतिक्रिया