सङ्कट व्यवस्थापन केन्द्रबाट एक वर्षमा दुई सय ५२ जना लाभान्वित

बैतडी- जिल्ला अस्पताल बैतडीमा सञ्चालित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) प्रभावकारी बन्दै गएको छ ।
हिंसा प्रभावितलाई लक्षित गर्दै स्थापना भएको केन्द्रमार्फत एक वर्षको अवधिमा २५२ जना लाभान्वित भएका केन्द्रका संयोजक डा सिजन खड्काले जानकारी दिए । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (यूएनएफपीए) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) नेपालको आर्थिक सहयोगमा सञ्चालित ओसिएमसीमार्फत विभिन्न प्रकारका सेवा प्रदान गर्ने गरिएको उनले बताए ।
जिल्लाका १० वटै पालिकाका २४४ र जिल्लाबाहिरका आठ जनाले केन्द्रबाट सेवा लिएका हुन् । लैङ्गिक हिंसा प्रभावितलाई ओसिएमसीबाट कानुनी, उपचारात्मक तथा परामर्श सेवा दिने गरिन्छ ।
ओसिएमसीमा आउनेमध्ये शारीरिक हिंसामा परेका ५३, मानसिक हिंसा प्रभावित ९७, स्रोतसाधनबाट वञ्चित ६५, बलात्कारका घटनाबाट पीडित १३, बलात्कार प्रयास घटनाबाट प्रभावित चार, बहुविवाहबाट पीडित चार, बालविवाहबाट पीडित चार र यौन दुव्र्यवहारका घटनाबाट पीडित दुई जना रहेका जनाइएको छ ।
हिंसापीडितको गोपनीयता कायम राख्दै प्रत्येक घटनामा प्रहरीले जिम्मेवार भएर ओसिएमसीलाई सहयोग गरिरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशीले गुनासो सुन्ने सुविधा र सेवामा सहज पहुँच भएकाले नगरक्षेत्रका पीडितको सङ्ख्या बढी देखिएको बताए । दशरथचन्द नगरपालिकामा रहेको सेफ हाउस सञ्चालनमा ल्याई यस्ता सेवालाई प्रभावकारी बनाउनुपर्ने भन्दै उनले त्यसमा पालिकाले पनि सहजीकरण गर्ने बताए ।
दशरथचन्द नगरपालिकामा विगत १२ वर्षअघि बनेको सेफ हाउस हालसम्म सञ्चालनमा आउन सकेको छैन ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल ओसिएमसीले हिंसापीडितलाई पुनस्र्थापनामा महत्त्वपूर्ण सहयोग गरेको बताउँछन् ।

कैलाली कारागार घटनाको अध्ययन प्रतिवेदन : आन्तरिक मतभेदले झडप

घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

दार्चुला-गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

प्रतिक्रिया