भारतमा फेरि बढे कोभिड सङ्क्रमित

नयाँ दिल्ली - भारतमा कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३८३ जना कोभिडबाट सङ्क्रमित नयाँ थपिएका छन् । अघिल्ला केही दिनको तुलनामा यो सङ्ख्या धेरै भएकाले भारतमा कोभिडबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि बृद्धि भएको हो ।
सोही अवधिमा सङ्क्रमण मुक्त भएकाहरूको सङ्ख्या पनि थपिएका सङ्क्रमितहरूको सङ्ख्या भन्दा धेरै रहेकाले समेत सक्रिय सङ्क्रमितको सङ्ख्या समेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोभिडबाट सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या ३८ हजार ६५२ रहेको अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोभिडबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या तीन करोड चार लाख २९ हजार ३३९ पुगेको छ ।
भारतमा अहिले पनि कोभिडबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको कुल सङ्ख्या चार लाख नौ हजार ३९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल सङ्क्रमितहरूको सङ्ख्याको १.३१ प्रतिशत मात्रै हो ।कोभिडका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५०७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७१२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो । रासस

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया