बाँस्कोटाकै योजनालाई निरन्तरता दिन बोलपत्र खारेज
विवादित जीटूजी खरिद प्रक्रियालाई निरन्तरता

काठमाडौं : नेपाल दूर सञ्चार प्राधिकरणले अन्तरिक्षमा नेपालको आफ्नै स्याटलाइट राख्न चार वर्षअघि सुरू गरेको प्रक्रिया खारेज गरेको छ । चार वर्ष अगाडी स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीबाट आशयपत्र लिएको प्राधिकरणले प्रक्रिया नै खारेज गरेको हो ।
यही वर्ष असार २ मा सरकारले स्याटलाइट नीति पारित गरेको थियो । २० असोज २०७३ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । २० वटा अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र बुझाएका पनि थिए । सोही बोलपत्रलाई सोमबार प्राधिकरणले सूचना जारी गर्दै रद्द गरेको हो ।
उनीहरूबीच प्रतिस्पर्धा गराइएको भए नेपालले सस्तोमा स्याटेलाइट किन्न सक्ने अवस्था थियो । तर तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आशयपत्रको मूल्याङ्कन नै रोकेका थिए । बाँस्कोटा फ्रान्सेली कम्पनीसँग ‘जीटूजी मोडल’मा स्याटेलाइट किन्ने प्रक्रिया अघि बढाउन चाहन्थे । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड घुस मागेको अडियो बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भएका थिए ।
२०७६ जेठमा प्रधानमन्त्री केपी शर्मा ओली फ्रान्स गएको बेला खरिद सम्झौता गर्ने कार्यक्रम थियो । तर त्यही बेला नेपालको स्याटेलाइट रहने स्थानलाई लिएर लाओसले विरोध गरेपछि सम्झौता हुन पाएन । सरकारले स्याटेलाइट परियोजनाका लागि २०७५ फागुन अन्तिम साता फ्रान्सको थेल्स एलेनिया स्पेस कम्पनीसँग लेटर अफ एक्सचेन्ज (एलओई) गरेको थियो । सरकार-सरकारबीचको सम्झौता (जीटूजी) भनिए पनि नीति पनि नबन्दै खरिद प्रक्रिया अघि बढाउन खोजिएको भन्दै विज्ञले विरोध जनाएका थिए । त्यसैबीच तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाको टेप बाहिरिएको थियो ।
प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले स्याटलाइट नीति आइसकेको कारणले नयाँ ढंगबाट स्याटलाइट राख्नुपर्ने भएकाले प्रक्रिया रद्द गरेको बताए । उनले भने, 'चार वर्षअघि एउटा किसिमले स्याटलाइटको परिकल्पना भएको थियो । तर अब स्याटलाइट नीति पनि आइसकेको छ । प्रविधिहरु निकै विकसित भइरहेका छन् । समयको आवश्यकतालाई मध्येनजर गर्दै प्रक्रिया रद्द भएको हो । अब नयाँ ढंगले अघि बढ्छ ।'
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले नेपालका लागि सन् १९८४ मै ५० डिग्री र १ सय २३ दशमलव ३ डिग्री पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ छुट्याइदिएको छ । यिनै ‘स्लट’ मा स्याटेलाइट राख्ने प्रयोजनका लागि प्राधिकरणले आशयपत्र माग गरेको थियो ।
सन् २०१६ अक्टोबर ६ मा आह्वान गरेको प्राधिकरणलाई अमेरिका र चीनबाट तीन-तीन, भारत, थाइल्यान्ड र सिंगापुरबाट दुई-दुई, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया, लग्जेम्बर्ग र इजराइलबाट एक-एक कम्पनीले प्रस्ताव पेश गरेका थिए ।
नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा छ भने बर्सेनि चार अर्बभन्दा बढी रुपैयाँ भाडामा स्याटेलाइट व्यान्डविथ प्रयोग गरेबापत खर्चनु परिरहेको छ । २०७३ भदौमा नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्याटलाइटसम्बन्धी सम्पूर्ण काम अघि बढाउन कार्यादेश समेत दिएको थियो ।
हाल नेपालले प्रयोग गर्दै आएको भाडावाला अन्तर्राष्ट्रिय व्यान्डवीथ र स्याटेलाइटले सरकारका सूचना र गोपनीयतामा असर पर्ने भन्दै नेपालले आफ्नै स्याटलाइट राख्ने तयारी गरेको थियो । सरकारले सन् २०२२ सम्म नेपालको आफ्नै स्याटेलाइट हुने बताउँदै आएको छ ।

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

प्रतिक्रिया