ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्माको कदम असंवैधानिक भएकाले सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री ओलीले संसद् विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि भट्टराईले ट्वीटर भिडियोमार्फत असंवैधानिक भएको बताएका हुन् ।
सबै लोकतान्त्रिक शक्तिहरुसँग सहकार्यको निम्ति बाबुराम भट्टराईको आह्वान ! pic.twitter.com/QqzftGFKPh
— Janata Samajwadi Party, Nepal (@JSPNepal) December 20, 2020
'नेपालको शासकीय प्रणलीमा सुधार गर्नुपर्छ । त्यसको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली हुनुपर्दछ र समानुपातिक संसदीय प्रणाली हुनुपर्छ । यो हाम्रो निरन्तरताको प्रयत्न हुनुपर्दछ । प्रधानमन्त्रीको निर्णयले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटीलाई नै पूष्टि गर्दछु' भट्टराईले भनेका छन् 'यस्तो अवस्थामा सबै दललाई नेपालको शासकीय प्रणालीमा सुधारको निम्ती आवाज उठाउन अह्वान गर्दछु । तत्काल प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आवाज उठाउन सहकार्य गर्न आग्रह गर्दछु ।'
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको भनाइ ! pic.twitter.com/ULxjj2hcwI
— Janata Samajwadi Party, Nepal (@JSPNepal) December 20, 2020
उनले भनेका छन् 'नयाँ संविधानमा हामीले देशमा राजनीतिक स्थिरता कायम गर्न प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष किटान गरेका थियौं । विगतका अस्थिरतालाई ध्यान दिँदै बीचमा नै संसद् विघटन गरेर अस्थिरता ल्याउन नपाउने व्यवस्था गर्यौं । त्यविपरित प्रधानमन्त्री संसद् विघटनको प्रस्ताव राष्ट्रपति समक्ष प्रस्तुत गरेको खबर छ । त्यो अत्यन्त दु:खद छ । यसले हिजो कै अस्थिरता निम्त्याएको संसदीय व्यवस्थालाई सुधारिएकोमा धज्जी उडाएको छ । लोकतन्त्रको मर्म विपरित छ । संविधानको प्रावधान विपरित छ । नेकपाको बहुमतको सरकार बन्दा पनि गैरजिम्मेवार पूर्ण हर्कत बनेको छ । यो लोकतन्त्रको हितमा छैन । यसको सबै तिरबाट प्रतिवाद गरिनुपर्छ ।'
र, यो पनि
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

महिला उद्यमशिलताको प्रवर्द्धन गरिनुपर्छः मुख्यमन्त्री सिंह

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमका पिता लालबीर चौधरी

‘डिप बोरिङ पानीको अभाव पूर्ति गर्ने स्थायी समाधान हैन’

संसद्को शक्ति डिजिटल पहुँच र जनविश्वासमा निहित छः सभामुख घिमिरे

बोली,आचरण र व्यवहार पार्टीलाई कसरी सदृढ बनाउने भन्ने हुनुपर्छ : मन्त्री आरजु

वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त

आज पाँच संसदीय समितिका बैठक बस्दै

प्रतिक्रिया