शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

कैलालीमा सौतेनी आमासँग बस्दै आएका बालक मृत फेला

कैलाली - धनगढीमा सौतेनी आमासँग बस्दै आएका एक बालक मृत फेला परेका छन्। धनगढी उपमहानगरपालिका २ शिखर टोलमा बस्दै आएका बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर २ का बहादुर रोकायाका १० वर्षीय छोरा निशान रोकाया मृत फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार निशान सौतेनी आमा माघी रोकायासँग रोहीणी जोशीको घरमा डेरा गरी बस्दै आएका थिए। निशान कोठाभित्रै मृत फेला परेका हुन्। उनको केहि केही दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरी उपरीक्षक अधिकारीले बताए । 

गत कार्तिक ३० गतेदेखि सम्पर्कमा नआएपछि आफन्तलाई खोजी गर्न पठाएपछी बालक कोठामा मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक अधिकारीले बताए । फरार रहेकाहरुको खोजीकार्य भैरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।