हेटौंडा अस्पताललाई 'ए' ग्रेड एम्बुलेन्स हस्तान्तरण

हेटौंडा - स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले हेटौंडा अस्पताललाई ए ग्रेडको एम्बुलेन्स हस्तान्तरण गरेका छन् । आज (आइतबार) एक कार्यक्रमकाबीच नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञसहित सुविधा भएको एम्बुलेन्स हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. रामचन्द्र सापकोटालाई हस्तान्तरण गरिएको हो ।
मन्त्री खतिवडाले संघीय ढाँचा अनुरुप स्वास्थ्य क्षेत्रमा काम गरेको दाबी गरेका छन् । रेविजविरुद्धको खोप निशुल्क उपलब्ध गराई नागरिकलाई सेवा दिएको जानकारी दिँदै अब स्वास्थ्य क्षेत्रको सुधारमा आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।
मन्त्री खतिवडाले हेटौंडा अस्पतालको क्रमित रुपले सुधार हुँदै गएको बताए । हेटौंडा अस्पतालले पहिलो पटक ए ग्रेड एम्बुलेन्स पाएको बताउँदै अबको एक हप्तापछि सो एम्बुलेन्स संचालनमा आउने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार विशेष परिस्थतिका 'क्रिटीकल' बिरामीहरुकी लागि मात्र यो एम्बुलेन्सको सेवा दिइनेछ । एम्बुलेन्समा मोनिटरसहित ठुलो खालको २ अक्सिजन सिलिन्डर हुनेछ । धेरै अक्सिजन आवश्यक हुने बिरामीहरुलाई राखेर लैजान यो एम्बुलेन्स संचालनमा आउने उनले बताए ।
ए ग्रेड एम्बुलेन्सको भाडा बी र सी ग्रेडको एम्बुलेन्सको भाडा भन्दा महंगो हुनेछ । यद्यपि ए ग्रेड र बी ग्रेड एम्बुलेन्सको भाडादर मकवानपुरमा तोकिएको छैन । एम्बुलेन्स संचालनको लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले भाडादर सिफारीस गर्ने र प्रदेश सरकारले तोक्ने व्यवस्था भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए ।
यसअघि हेटौंडा अस्पताललाई बी ग्रेडको एम्बुलेन्स बागमती प्रदेश सरकारले एक थान प्रदान गरेको थियो । अबको दुई हप्ताभित्र भाडादर तोक्न जिल्लाबाट प्रदेश सरकारलाई सिफारीस गर्ने उनले बताए । हेटौंडा अस्पतालमा ए ग्रेड एम्बुलेन्स एक थान, बी ग्रेड एम्बुलेन्स एक थान छ । पुरानो स्थानीय क्षेत्रमा संचालन हुँदै आएको एम्बुलेन्स भने मर्मतका लागि ग्यारेजमा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रामचन्द्र सापकोटाले जानकारी दिए ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया