ग्राण्डीमा बेहोस भेटिएका डाक्टरको मृत्यु

काठमाडौँ – बेहोस अवस्थामा फेला परेका काठमाडौँको टोखा निवासी एक चिकित्सकको मृत्यु भएको छ । ग्राण्डी टावरको माथिल्लो तलामा रहेको आफ्नै कोठामा सोमबार बेहोस अवस्थामा फेला परेका न्युरोसर्जन डा सुवास लोहनीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । लोहनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए ।
महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार शव परीक्षणका लागि आज महाराजगञ्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ ।
डा लोहनी आफैँले बेहोस हुने औषधि इन्क्सन लिएको पाइएको प्रहरीले जनाएको छ । “ओभरडोज भएर मृत्यु भएको जस्तो देखिन्छ”, एक प्रहरीले भने, “सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको अनुमान गरिएको छ ।” उनले शव परीक्षणको प्रतिवेदन आएपछि कारण यकिन हुने पनि बताए ।
सोमबार दिउँसो १ बजेसम्म फोन गर्दा ठीक रहेको र तीन बजे बेहोस अवस्थामा फेला परेको परिवारको भनाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनमा एक हप्ता अघि मात्रै कोभिड–१९ को सङ्क्रमण भएको थियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा केही अघिदेखि नै डा लोहनी एक्लै बोल्ने, बस्ने गरेको पाइएको छ । साहित्य क्षेत्रमा समेत रुचि राख्ने डा लोहनी सञ्चारमाध्यममा लेखसमेत लेख्थे । रासस

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया