प्रतिनिधि सभा विघटनबारे मुद्दा : संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले हेर्ने

काठमाडौं : प्रतिनिधि सभा विघटनसम्बन्धी परेको रिटको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा संवैधानिक इजलास तय भएको छ । जसमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । नेपाली राजनीतिमा संवैधानिक इजलासले के गर्ने भन्ने निकै चासोका साथ हेरिएको छ ।
बुधबार प्रधान न्यायाधीश जबराको एकल बेन्चले सबै रिट संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । रिटको प्रकृति नै संवैधानिक इजलासमा जाने भएकाले पठाइएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले सोही दिन ओलीको सिफारिस सदर गरेकी थिइन् ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुध्द रिट दायर गर्नेहरुमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कन्चनकृष्ण न्यौपाने, लोकेन्द्रबहादुर ओलीलगायत छन् । पुस ७ गते नेकपाका सांसदहरु देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले पनि संसद विघटनविरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
यो, पनि
- संसद विघटनविरुध्दका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा हुँदै
- इकागज स्कुल/इजलास : अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्नोत्तर

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया