एनएमबीका एकै दिन ३ शाखारहित बैंकिङ सेवा

काठमाडौंः एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने क्रममा एकै पटक तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले प्रदेश–१ मा रौतमाई गाउ“पालिका– ६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउ“पालिका–४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।
विद्यमान कठिन परिस्थितिमा सेवाग्राहीको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरी सहित सुरक्षाका सम्भव उपायहरु अबलम्बा गर्दै प्रदेश कार्यालयका कर्मचारी र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भई उक्त सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै क्षेत्रका वित्तीय आवश्यकतालाई पुरा गर्ने बैंकले जनाएको छ ।
एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पीओएस मेसिन र १०,००० भन्दा बढी क्यूआर कोड भुक्तानी सुविधा मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको उल्लेख गरेको छ ।

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

प्रतिक्रिया