बेलायतद्वारा अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपलाई पनि अनुमति प्रदान

काठमाडौं : अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड–१९ (कोरोना भाइरस) खोपलाई बेलायतमा अनुमति दिइएको छ । बेलायतको खोप निमायक संस्था दि मेडिसिन्स एन्ड हेल्थकेयर प्रोडक्टस अथोरिटी (एमएचआरए) ले बुधबार सो खोप प्रयोगको बाटो खुल्ला गरेको दि गार्डियनले जनाएकोे छ ।
पहिलो ब्याचमा उत्पादित खोप बेलायतमा उपलब्ध गराइसकिएको र यसको थप उत्पादन बेलायती उद्योगहरुमै गरिने पनि बताइएको छ । बेलायत सरकारले अक्सफोर्ड/अस्ट्राजेनेकाद्धारा निर्मित उक्त खोपको एक सय करोड डोज अर्डर गरिसकिएको र त्यसमध्ये ४० लाख डोज केही दिनमै प्रयोग गर्नका लागि तयार हुने दि गार्डियनले लेखेको छ ।
फाइजर/बायोएनटेकले विकास गरेको खोप यसअघि नै बेलायतमा प्रयोगमा आइसकेको छ । अमेरिकी/जर्मन कम्पनीले बनाएको खोप भन्दा ढिलो गरी आइपुगेको अक्सफोर्ड/अस्ट्राजेनेकाको खोपलाई बेलायती निमायक संस्थाले अनुमति दिन धेरै समय लगाएन ।
४३ हजार मानिसमा ट्रायल गरिदाँ फाइजर/बायोएनटेकले बनाएको खोप ९५ प्रतिशत सम्म प्रभावकारी रहेको भए पनि अक्सफोर्ड/अस्ट्राजेनेकाको प्रभावकारिता भने ६२ प्रतिशतमा सीमित रहेको उल्लेख छ । करिब ११ हजार ६ सय ३६ मानिसमा गरिएको ट्रायल गरिदाँ अक्सफोर्ड/अस्ट्राजेनेकाको खोपले ६२ प्रतिशत प्रभावकारी भए पनि बेलायत भित्रै दुई हजार सात सय ४१ मानिसमा ट्रायल गर्दा यो ९० प्रतिशत प्रभावकारी भएको बताइएको छ ।

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

३० हजारभन्दा बढी अफगानी स्वदेश फिर्ता

इराकको बग्दादमा भीषण आगलागी, एकै परिवारका ७ जनाको मृत्यु

प्रतिक्रिया