प्रदेश २ को नामकरण र राजधानीको विषयमा सहमति जुटाउन लोसपाद्वारा वार्ता टोली गठन
जनकपुर - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश नं २ को नामकरण र राजधानीको विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग छलफल गर्न समिति गठन गरेको छ । लोसपा प्रदेश नं २ संसदीय दलले प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोक्न सहमतिका लागि दलसँग छलफल गर्न प्रदेशसभा सदस्य रानी शर्मा तिवारीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ । जनता समाजवादी पार्टीले प्रदेश नं २ को नाम मधेश र राजधानी जनकपुरधाममा सहमति जुटाउन विभिन्न राजनीतिक दलसँग संवाद थालेकै दिन लोसपाले पनि वार्ता समिति गठन गरेको हो ।
लोसपाको वार्ता टोली सदस्यमा प्रदेशसभा सदस्य परमेश्वर साह, जैनुल राइन, अभिराम शर्मा, उपेन्द्र महतो, बाबुलाल साह र प्रह्लाद गिरीलाई राखिएको छ । पार्टीको निर्णयबमोजिम प्रदेशको नाम मधेश र राजधानी जनकपुरधामका लागि प्रदेशसभाभित्र रहेका दलसँग छलफल र सहमतिका लागि वार्ता टोली गठन गरेको लोसपा प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले जानकारी दिए ।
यही पुस ८ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नामकरण र राजधानी तोक्ने प्रस्ताव प्रस्तुत हुने तयारी भइरहेका बेला प्रदेश सरकारको नेतृत्वकर्ता दल जसपा र लोसपाले दलीय सहमति जुटाउने कसरत सुरु गरेका छन् । जसपाका प्रदेशसभा सदस्यले आजै सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेतालाई भेटेर सहमतिको प्रस्ताव गरेको जसपाका प्रदेशसभा सदस्य मनिषकुमार सुमनले जानकारी दिए ।
जसपाले पनि प्रदेशको नाम मधेश र राजधानी जनकपुर राख्ने प्रस्ताव गरेको छ । सोही प्रस्तावमा दलीय सहमति जुटाउन पहिलो चरणमा सत्तारुढ दलका नेता तथा प्रदेशसभा सदस्यलाई भेटेर सहमतिको लागि छलफल अघि बढाएको सुमनले बताए । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया