न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राइलाई बुझायो प्रतिवेदन

विराटनगर - प्रदेश १ मा सत्तारुढ गठबन्धनद्वारा गठित सरकारको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राइलाई प्रतिबेदन बुझाएको छ । ५ दलीय गठबन्धनको न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले आज मुख्यमन्त्री राईलाई प्रतिबेदन बुझाएको हो ।
उच्च स्तरीय राजनीतिक समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्यीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो ।
कार्यदल सदस्यमा राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ्ग सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुत्त गरेका डा. पूर्ण लोक्सोम सदस्य सचिव रहेका थिए ।
सरकारको दीर्घकालीन र अल्पकालीन योजना सहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए । स्वास्थ्य, शिक्षा पर्यटन उद्योग कृषिलाई प्राथमिक्ता राखेको उनले बताए । प्रतिबेदनमा अल्पकालीनमा कोरोनाको प्रभावलाई प्राथमिकतामा राखिएको उनले बताए ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रतिबेदन अध्यन गरेर सार्वजनिक गर्ने बताए । पाँच दलिय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाको नेतृत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरेको थियो । संयन्त्रले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो ।
कार्यदलले प्रतिबेदन बुझाएसँगै शेरधन राई नेतृत्वको सरकारले ल्याएको बजेट पुनरावोलकन गर्न सहज हुने गठबन्धन दलका नेताहरुले बताएका छन् । प्रदेश १ सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने तयारीमा रहेको छ ।
सत्तारुढ दलका एक सांसदले भने 'यो प्रतिबेदनमा नेताहरु बसेर छलफल गरेर पास गरेपछि तुरुन्तै बजेट पुनारावलोकन हुन्छ ।' न्युज कारखाना

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया