महाधिवेशन उद्घाटन भएको १४ दिनमा बल्ल सकियो कांग्रेसकाे मतगणना

काठमाडौं - नेपाली कांग्रसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयन सकिएको छ । मंसिर २४ गते उद्घाटन भएर २७ गते निर्वाचन भएको कांग्रेसको केन्द्रीय समितिको मतगणना पुस ८ गते बिहीबार साँझ सकिएको हो ।
महाधिवेशन उद्घाटन भएको १४ औं दिनको दिन मतगणना सकिएको हो । कांग्रेसले मंसिर २४ गते राजधानीको पार्टी कार्यालयमा महाधिवेशन उद्घाटन गरेको थियो। सभापतिको मतगणना त्यही गरेको कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना भने पार्टी कार्यालय सानेपामा गरेको थियो । सभापति चयनका लागि दुई चरणमा मतदान भएको थियो, देउवा सभापतिमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए ।
कांग्रेसमा १३४ पदका लागि निर्वाचन भएको थियो । एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री सहित केन्द्रीय सदस्यका लागि मतदान भएको थियो ।
सभापतिले अब ३३ जना केन्द्रीय सदस्य समावेशिताको आधारमा थप गर्न पाउने छन् । पदाधिकारी र केन्द्रीय सदस्य अन्तर्गत विभिन्न क्लस्टर अनुसार भएको मतदानमा सभापति शेरबहादुर देउवा पक्षले बहुमत बढी पदमा जित हात पारेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया