एमसीसीबारे दाहालले भने : अमेरिकाको दबाब र प्रभावमा हामी पर्नुहुँदैन
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको दबाब र प्रभावमा नेपाल पर्न नहुने बताएका छन् । अमेरिकी सहयोगी परियोजना एमसीसीको विषयमा दाहालले दुवै देशबीच स्पष्ट हुन आवश्यक रहेको बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले संसोधनबिना एमसीसी पास नहुने पनि बताए ।
‘बिना परिमार्जन र बिना संशोधन एमसीसी पारित हुँदैन, यसका लागि हामी सबै दलहरू, बुद्धिजीवी र पत्रकारसँग छलफल गरी साझा धारणा बुझ्ने छौँ,’ उनले भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’ उनले थप्दै भने, ‘अमेरिकाको दबाब र प्रभावमा हामी पर्नु हुँदैन, यसबारे नेपाल र अमेरिकाबीच स्पष्ट हुन आवश्यक छ, अनि एमसीसी पारित हुन्छ ।’

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया