सशस्त्र प्रहरी परिवार महिला संघले गर्यो जनचेतनामूलक कार्यक्रम

काठमाडौँ - नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहीबार संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।
महिला स्वास्थ्य सम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पारिन् ।
सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनिय तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया