ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा
पाल्पा- तानसेन नगरपालिकाले ज्येष्ठ नागरिक, सुत्केरी महिला तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा सुरवात गरेको छ । सत्तरी वर्षमाथि नागरिक, क र ख वर्गको सुविधा प्रयोग गर्ने अपाङ्गता भएकाका लागि आवश्यकमात्रामा सेवा थालनी गरेको हो ।
तानसेन नगर प्रमुख अशोककुमार शाहीले नगरपालिका र रेडक्रस सोसाइटीका सहयोगमा एम्बुलेन्स सञ्चालन गर्न थालिएको जानकारी दिए । नगरपालिकाको ६० र सोसाइटीको ४० प्रतिशत लगानीमा एम्बुलेन्स गरी खरिद गरी सञ्चालन गर्ने तयारी भएको नगरप्रमुख शाहीले बताए ।
यसैबीच सो नगरपालिकाले तानसेन–९, दमकडास्थित दमकडा माध्यमिक विद्यालयका लागि बस खरिद गर्न सहयोग गर्ने भएको छ । विद्यालयको ४० प्रतिशत र नगरपालिकाको ६० प्रतिशतमा बस खरिद गरिने जनाइएको छ । बस सञ्चालनपछि ग्रामीण क्षेत्रका विद्यार्थी समयमा विद्यालयमा उपस्थित हुन सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशकुमार अर्यालले बताए ।
यसैबीच आव २०७८/०७९ मा जिल्लाका ७० वर्षदेखि माथिका पाँच हजार ४०० ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सुविधा प्रदान गरिने भएको छ । ज्येष्ठ नागरिकलाई १० प्रकारको औषधिसमेत सहित प्रेसर जाँच, युरिन जाँच, घाउँ तथा चोटपटकको उपचार, आवश्यकताका आधारमा स्वास्थ्य परीक्षणको सुविधा प्रदान गर्न थालिएको हो । लुम्बिनी प्रदेश सरकारको नीतिअनुसार पाल्पाका ज्येष्ठ नागरिकका घरमा स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य परीक्षण गरी उपचार गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका ७० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्रमुख डा राजेन्द्रकुमार गिरीले बताए । ज्येष्ठ नागरिकलाई आधारभूत सेवा प्रदान गर्न प्रदेश सरकारले २७ लाख बजेट विनियोजन गरी कार्यक्रम अगाडि बढाएको हो ।
आव २०७५/०७६ देखि ८४ वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनपछि स्वास्थ्य क्षेत्रमा ती नागरिकको पहुँच विस्तार भएको थियो । चालू आर्थिक वर्षदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका आधारभूत स्वास्थ्य सुविधा पाउने सुविधाले उत्साह थपेको छ । घरमा साहारा नपाएर आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित, असाहाय, स्वास्थ्य संस्थाको पहुँचमा नपुगेका ज्येष्ठ नागरिकका लागि कार्यक्रम प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । रासस

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया