बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठक भोलि ३ बजे

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि बस्ने भएको छ । 

नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। 
बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ । 

आठौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।