यसरी मिल्यो सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा
एमालेले जितेका सिटमात्रै बाँडियो

काठमाडौँ – सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनको भागबण्डा मिलेको छ । सोमबार बसेको गठबन्धन बैठकले भागबण्डा टुंग्याएको हो । जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । जसमा कांग्रेसले तीन सिट, जसपाले दुई सिट, नेकपा माओवादी र नेकपा (एस)ले एक/एक सिट लिने सहमति बनेको उनको भनाइ छ ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्ने छ भने माओवादी र नेकपा एसले पाँच/पाँच सिटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ ।
यी हुन् फागुनदेखि चारवर्षे कार्यकाल पूरा हुने २० सांसद

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया