कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्याे पदाधिकारी उम्मेदवार घोषणा

नेपालगञ्ज - नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ ।
पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार घोषणा गरेका थिए ।
गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशीष) तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने छन् ।
कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवं कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो । जिल्ला सदस्यका उम्मेदवारहरूको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुसालले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया