बाटो अलमलिएकी युवतिलाई होटल पुर्याएर सामूहिक बलात्कार

विराटनगर - बाटो भुलेकी ३० वर्षीया युवतिलाई आफन्तको घरमा पुर्याइदिने बहाना बनाएर होटलमा पुर्याएर सामूहिक बलात्कार गर्ने मध्येका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियामा अपहरण शैलीमा युवतिलाई होटल पुर्याएर बलात्कार गरेको आरोपमा स्थानीय श्रेष्ठ होटल एन्ड फेमिली लजका संचालक ३६ वर्षीय अर्जुन श्रेष्ठलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
सुनसरीको इटहरीमा काम गरेर मोरङको सुन्दरहरैंचास्थित गछिया (बहिनीको घर) जाने क्रममा युवतिले बाटो भुलेको र होटल संचालक श्रेष्ठले उनलाई बहिनीको घरमा पुर्याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा राखेर होटलमा पुर्याएको अनुसन्धानका क्रममा खुलेको जनाइएको छ ।
जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले बलात्कारको घटनामा संलग्नता देखिएका र हाल फरार भएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपालीको खोजी भइरहेको जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेका अर्जुन श्रेष्ठले उनलाई होटलमा पुर्याएपछि बेहोस हुने गरी कुटपिट गरेपछि उनीहरूले सामूहिक बलात्कार गरेका हुन् । शनिबार बिहानमात्रै बहिनीको सम्पर्कमा पुगेकी युवतिले घटना विवरण सुनाएको र होटलको कोठामा रगत समेत देखिएपछि बहिनीले प्रहरीलाई खबर गरेकी थिइन् ।
बलात्कृत युवतिको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनालाई ढाकछोप गर्ने उदेश्यले युवतिसँगै अस्पताल आइपुगेका श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कुटपिटबाट पीडित युवतिको शरीरभरि निलडाम देखिएको र यौनांगमा समेत चोटपटक देखिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए । पक्राउ परेका श्रेष्ठलाई आइतबार म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रवक्ता मुकारुङले बताए ।
यसैबीच मोरङकै सुनवर्षी नगरपालिका–७ की अपांगता भएकी किशोरीलाई बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय सुरेन्द्र ऋषिदेव पक्राउ परेका छन् । १७ वर्षीया किशोरीमाथि बलात्कार भएको जानकारी आएपछि गएको प्रहरी टोलीले सुरेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काले बताए ।
आरोपी सुरेन्द्रलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाइएको छ ।

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

पत्नीको कुटाइबाट पतिको मृत्यु

माँ भाटभटेनी संस्थाद्वारा सीपमूलक तालिम समापन समारोह सम्पन्न

पसल फोड्दै शृंखलाबद्ध रूपमा मोबाइल चोरीमा संलग्न तीन पक्राउ

प्रतिक्रिया