मरिससविरुद्धको दोस्रो खेलमा विमल पहिलो रोजाईमा परेनन्
काठमाडौँ : मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा स्ट्राइकर विमल घर्तीमगर पहिलो रोजाईमा परेका छैनन । नेपालको सुरुवाती ११ को फरवार्ड लाइनमा अन्जन बिष्ट, आशिष लामा र दर्शन गुरुङ परेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विमललाई बेन्चमा राखेका हुन् । पहिलो मैत्रीपूर्ण खेलमा विमलले गरेको एक मात्रै गोलबाट नेपाल विजयी भएको थियो । तर मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा विमललाई सुरुवातमा मैदान उतारिएको छैन ।
प्रशिक्षक अल्मुताइरीले रणनीतिका साथ विमललाई दोस्रो हाफपछि मात्रै मैदान उतार्ने अनुमान छ । आजको खेलमा भरपर्दा डिफेन्डर अनन्त तामाङ पनि मैदानमा छैनन ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया