विराटनगर–१८ लाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

काठमाडौँ- सरकारले विराटरनगर महानगरपालिकाको वडा १८ को हिमालयन कृषि फार्मलाई केन्द्रबिन्दु मानी बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।
त्यसैगरी प्रवक्ता कार्कीकाअनुसार २४ माघमा बसेको बैठकले नसर्ने रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोगको कार्ययोजना पास गरेको थियो ।

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन

काभ्रेका थप दुई अस्पतालले पाए स्वास्थ्य बिमा स्वीकृति

काठमाडौँमा डेङ्गु नियन्त्रण गर्न तीन सय युवा परिचालन गरिँदै

अपोलो अस्पतालले नेपाली बिरामीहरूका लागि सुरू गर्यो ग्यास्ट्रोएन्टेरोलोजी र न्य…

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

प्रतिक्रिया