चितवनमा बर्ड फ्लु, दुई सय कुखुरा मरे

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिकामा बर्ड फ्लु भेटिएको छ । राप्ती नगरपालिका-६ स्थित अनिता पशुपक्षी कृषि फर्मका कुखुरामा बर्ड फ्लु भेटिएको हो । फर्ममा पालिएका दुई हजार कुखुरामध्ये बर्ड फ्लुले दुई सय कुखुरा मरिसकेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
कुखुरा भटाभट मरेपछि २५ माघमा कुखुराको नमुना लिएर बर्ड फ्लु परीक्षण गरिएकोमा बुधबार पुष्टि भएको हो । ‘बर्ड फ्लु नियन्त्रणका लागि फर्मबाट सय मिटर आसपास चारैतिर भएका पक्षीहरू केहीबेरमा नष्ट गर्दै छौँ । बर्ड फ्लुले फर्मका करिब दुई कुखुरा मरेका छन्’, उनले भने ।
बर्ड फ्लुको रोकथाम तथा नियन्त्रणका लागि बुधबार केन्द्रबाटै बर्ड फ्लु देखिएको फर्मको सय मिटर आसपासमा पालिएका पक्षीहरू नष्ट गर्न निर्देशन दिइएको थियो । सोहीअनुसार आज केहीबेरमा फर्म आसपासका पक्षीहरू नष्ट गर्ने तयारी भइरहेको तामाङले बताए ।

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया