सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

बागमती- स्थानीयस्तरमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको वडा नम्बर ७ मा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ ।
मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले दुई जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने गरी प्रत्येक दिन सेवा उपलब्ध गराउने गरी सामुदायिक आँखा केन्द्र स्थापना गरिएको सो गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।
उक्त आँखा उपचार केन्द्रका लागि होण्डाइ मोटर फाउण्डेशन र पोगंसाई विश्व विद्यालय दक्षिण कोरियाद्वारा रु २० लाख मूल्य बराबरको उपकरण उपलब्ध गराइएको बताइएको छ । आँखा उपचार केन्द्रको आज एक कार्यक्रमबीच सो गाउँपालिकाका अध्यक्ष उप्रेती र हेटौँडा सामुदायिक आँखा अस्पतालका केन्द्रीय सदस्य सिद्दीलाल श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
यसअघि हेटौँडा सामुदायिक अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको सो अस्पताल प्रशासनले जनाएको छ । रासस

चितवनका तीन जनामा जापानिज इन्सेफलाइटिस

एचआइभी संक्रमितको अठोटः मैले अझै बाँच्नुपर्छ

डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

प्रतिक्रिया