नयाँ वर्षको पहिलो उत्पादन टाटा सफारी २०२१ एसयुभी सार्वजनिक

काठमाडौं : टाटा मोटर्सले नयाँ वर्षमा आफ्नो नयाँ उत्पादनको गाडी सार्वजनिक गरेको छ । टाटाले तस्बिरमार्फत सफारी २०२१ एसयुभी सार्वजनिक गरेको हो ।
टाटाले भारतमा चाडै बुकिङ खुलाउने घोषणा समेत गरेको छ । यो टाटा ग्राभिटास मोडलमा आउनेछ । यो टाटाको सबैभन्दा महंगो एसयुभी हुनेछ । अहिलेसम्म टाटा हेरियर कम्पनीको सबैभन्दा महंगो एसयुभी हो । यसको टप भेरियन्ट २० लाख भारतीय रुपैयाँ पर्छ ।
नयाँ टाटा सफारीमा सात सिट क्षमता रहने कम्पनीले जानकारी दिएको छ । यो फुल साइज एसयूभी इन्टेरियर डिजाइन र टेक्नोलोजीको साथमा परफर्मेन्स निकै राम्रो रहेको कम्पनीको दाबी छ । यो कम्पनीले एमजी हेक्टर प्लस सेभेन सिटर र महिन्द्राको आउँदै गरेको एसयुभी न्यू महिन्द्रा एक्सयुभी ५०० २०२१ जस्तासँग प्रतिस्पर्धा गर्ने बताइएको छ ।

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

प्रतिक्रिया