चन्द्रागिरिको आइपीओ भर्नेलाई केवलकारमा २५ प्रतिशत छुट

काठमाडौं : चन्द्रागिरि हिल्स लिमिटेडले साधारण सेयरमा आवेदन दिने स्थानीय तथा सर्वसाधारणलाई केवलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरेका हुन् ।
साधारणसभा बुधबार चन्द्रगिरि हिल्स रिसोर्टमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।
चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वासको सम्मान गर्दै यो योजना ल्याएको ढकालले जानकारी दिए ।सबैलाई सेयर पर्ने सम्भावना न्युन रहेकाले पनि यस्तो योजना ल्याएको कम्पनीका अध्यक्ष ढकालले बताए ।
स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा आवेदन दिने १२ लाख ५६ हजार ७ सय ४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ । साथै यो योजना माघ ५ देखि १ वर्ष सम्मको लागि मान्य हुनेछ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_VHgDbC6l4A_fry9by0ekgt51gc4ofizlupxzczyk2bwkeujxlxtnwupe6ec3hgph6ygiyqz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया