भारतबाट कोभिड-१९ खोप खरिद गर्ने ब्राजिल पहिलो मुलुक

काठमाडौं : भारतमा उत्पादित कोभिड–१९ (कोरोना भाइरस) खोपको पहिलो खरिदकर्ता ब्राजिल हुने भएको छ । करिब २० लाख डोज भारतीय खोप विशेष विमानद्धारा मुम्बईबाट रियो दे जनेइरो पठाइनेछ ।
भारतीय सञ्चारमाध्यम दी प्रिन्टका अनुसार पुनेको सेरुम इन्चटिट्युटले उत्पादन गरेको खोप ब्राजिलले खरिद गर्ने भएको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्तरुपमा विकास गरेको खोप सेरुमले उत्पादन गरेको हो । ब्राजिलले केही महिना अघि देखि नै भारतमा उत्पादन गरिएको खोप खरिद गर्न खोजे पनि दक्षिण अमेरिकी मुलुक तर्फको निर्यात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहमति दिएपछि मात्रै सम्भव भएको हो ।
ब्राजिल तर्फको निर्यात भने भारतमा खोप वितरण सुरुभएपछि मात्रै हुनेछ । भारतमा आउँदो शनिबारबाट खोप वितरण सुरु हुँदैछ । आफ्ना नागरिकलाई प्राथमिकतामा राखेर मात्रै विदेश निर्यात गर्ने नीति अनुरुप ब्राजिल तर्फको निर्यातमा केही ढिलाई हुन पुगेको हो ।
आफै पनि खोप उत्पादन गर्ने योजनामा रहेको ब्राजिलले सेरुम बाहेक अर्को भारतीय उत्पादक भारत बायोटेकसँग पनि खोप खरिदका लागि कुराकानी अघि बढाएको छ । केही दिन अघि मात्रै ब्राजिलका राष्ट्रपति जइर बोलसोनारोले भारतीय प्रधानमन्त्री मोदीलाई कोभिड–१९ खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्र लेखेका थिए ।
उता भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भने भारतमा उत्पादित खोपको विदेश निर्यातका विषयमा अहिले नै केही भन्न नमिल्ने बताए । दी प्रिन्टका अनुसार भारतले मुलुक भित्र आवश्यक पर्ने डोजको ब्यवस्था गरेर मात्रै विदेश निर्यात गर्ने योजना बनाएको छ । भारतले यसअघि नै विदेश निर्यातका क्रममा छिमेकी मुलुकहरुलाई प्राथमिकतामा राख्ने बताइसकेको छ ।
ब्लुमबर्गले बिहीबार भारतले छिमेकी मुलुकहरुलाई दुई करोड डोज खोप दिने योजना बनाएको उल्लेख गरेको छ । ब्लुमबर्गका अनुसार भारतीय सरकारले सेरुम र भारत बायोटेकसँग खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेसल्स र मउरिसियसतर्फ निर्यात गर्नेछ । नेपाल लगायतका मुलुक तर्फ निर्यात गरिने खोपको केही हिस्सा अनुदान हुने बताइएको छ ।
दी प्रिन्ट र ब्लुमबर्गको सहयोगमा

जिबुटीमा तस्करद्वारा डुङ्गामा सवार आप्रबासीमाथि आक्रमण : आठ जनाको मृत्यु, २२ ब…
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_ETbUNZEOaG_wvfzuhpf44pno0llnwdya8l05byciaiqkqskqcy9gcpelpomiojqxiryidal_TzazZWwAWf_jrbzmesajdwvetdhfdefle8uqzppruqxpiluoc8q81m43ff9lkhjvmaasmta.jpg)
दक्षिण अफ्रिकामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी

रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण
खार्किभमा रुसी आक्रमण : तीन जनाको मृत्यु, ६० घाइते

बंगलादेशमा रबिन्द्रनाथ टैंगोरको निवासमा तोडफोड

अन्तरिक्षमा आज जाँदैछ 'जल भालु', जाे सहन्छ आणविक बमदेखि -२७३ डिग्री तापक्रम

प्रतिक्रिया