थप चार क्षुद्रग्रहले पाए अस्थायी नाम

काठमाडौं : सन् २०२० मा सञ्चालित राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत जम्मा ३८० नयाँ क्षुद्रग्रहहरुको प्रारम्भिक पहिचान गरिएको छ । सोमा चार वटा क्षुद्रग्रहलाई अस्थायी नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यी क्षुद्रग्रहका बारेमा https://minorplanetcenter.net/db_search गएर विस्तृत विवरण हेर्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।
अमृत साइन्स क्याम्पसकी छात्रा रेजा थापाले २०२० एफओ ११, होराइजन गौतम बुद्ध सेकेण्डरी स्कूल बुटवल रुपन्देहीका विद्यार्थी आविष्कार पौड्याल, बृजेशराज फुल्लेल र अर्बिन्द पाण्डेको समूहले २०२० एचके ३४, सेन्ट जेभियर्स कलेज, माइतीघर काठमाडौंका प्रणव साह, सागर डङ्गोल, गौरव बराल र प्रसन्न ढुङ्गानाको समूहले २०२० एचटी ४९ र त्रिचन्द्र क्याम्पस काठमाडौँका विमल खड्का तथा इशिका पौडेलको समूहले २०२० पीजी १५ नामको क्षुद्र ग्रह पत्ता लगाएका हुन् ।
खोज गर्ने विद्यार्थीलाई सोसाइटीका तर्फबाट अध्यक्ष भट्टराईले पथ प्रदर्शन गरेका थिए । यदि कुनै क्षुद्रग्रह प्रारम्भिक पहिचान भएको ७/१० दिनमा पुनः देखिए त्यसलाई अस्थायी नाम दिने गरिन्छ । यसरी अस्थायी नाम पाएका क्षुद्रग्रहलाई निरन्तर अवलोकनमार्फत त्यसको कक्षको पर्याप्त जानकारीपछि इन्टरनेशनल एस्ट्रोनोमिकल युनियनले नम्बर दिएर सूचीकृत गर्छ ।
राष्ट्रिय क्षुद्रग्रह खोज अभियानअन्तर्गत यसरी सूचीकृत भएका क्षुद्रग्रहको नाम राख्ने मौका सम्बन्धित टोलीलाई दिइन्छ । हालसम्म यो कार्यक्रममार्फत एक हजार ७२ क्षुद्रग्रहको प्रारम्भिक पहिचान भएको सोसाइटीले जनाएको छ । एघार वटा क्षुद्रग्रहले भने अस्थायी नाम पाइसकेका छन् । रासस

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

प्रतिक्रिया