राष्ट्रिय वाणिज्य बैंकको मोबाईल बैकिङबाटै कर तिर्न सकिने

काठमाडौंः करदाताहरूले राष्ट्रिय वाणिज्य बैंक मार्फत भुक्तानी हुने कुनैपनि किसिमको कर तथा राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाईल बैंकिङ मार्फत् कर तथा राजस्व भुक्तानी गर्न सकिने विषयमा राष्ट्रिय वाणिज्य बैंक र नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोन पे पेमेन्ट सर्भिस लिमिटेडबीच सम्झौता भएको छ । सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र फोनपेका प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।
करदाताले आन्तरिक राजस्व विभाग अन्तरगतका कुनैपनि राजस्व कार्यालयले संकलन गर्ने मूल्य अभिवृद्धि कर (भ्याट), सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क मोबाईल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिने बताइएको छ । मोबाईल बैंकिङ प्रयोगकर्ताले मोबाईल बैंकिङ लगअन नै नगरि बाहिर रहेको मर्चेन्ट पेमन्टको अप्सनमा गइ रेभिन्यूमा क्लिक गर्ने र त्यहाँ रहेको सरकारी राजस्व कर (गभर्मेन्ट रेभेन्यू ट्याक्स) मा क्लिक गरि करदाता संकेत नम्बर तथा अन्य विवरण भरेर सहजै भुक्तानी गर्न सकिने उल्लेख छ ।
एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

नेपाली बजारमा थपियो राइड सेरिङ प्लाटफर्म याङ्गो

एनसेल 'फ्ल्यास सेल्स'मा अब आकर्षक डेटा प्याकसँगै लोकप्रिय सामाजिक सञ्जालहरूमा न…

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_VHgDbC6l4A_fry9by0ekgt51gc4ofizlupxzczyk2bwkeujxlxtnwupe6ec3hgph6ygiyqz.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

प्रतिक्रिया