बजाज अटो लिमिटेड विश्वको सबैभन्दा मूल्यवान दुई–पाङ्ग्रे सवारी कम्पनी

काठमाडौंः बजाज अटो लिमिटेड बजार पूँजीकरण १.६ लाख करोड भारु नाघ्ने भएको छ । यो कम्पनी विश्वव्यापी रुपमा सबैभन्खा दुइ–पाङ्ग्रे कम्पनी बनेको छ । बजाज अटो लिमिटेडको शेयर मूल्य आज एनएसईमा प्रति शेयर ५५६६.४ भारु पुगेर बजार पूँजीकरण भारु १६१०७३.२१६ करोडमा समेटिएको थियो । बजाज अटोले सञ्चालनको ७५औं वर्षमा यो ऐतिहासिक कोशेढङ्गा स्थापनाका गरेको हो ।
विश्लेषकहरूका अनुसार यो भन्दा अगाडि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुइ–पाङ्ग्रे सवारी कम्पनीले भारु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेको छैनन् । यसप्रकार, बजाज अटो दुइ–पाङ्ग्रे सवारी श्रेणीमा सबैभन्दा मूल्यवान कम्पनी मात्र होइन, भारु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण पु¥याउने विश्वमै पहिलो दुइ–पाङ्ग्रे कम्पनी पनि बनेको छ ।
बजाज अटोको यात्रा भारतमा ७५ बर्ष पहिले शुरू भएको थियो र आज यसका पल्सार, बक्सर, प्लेटिना र आरई जस्ता ब्राण्डहरू विश्वका ७० भन्दा बढी देशहरूमा लोकप्रिय छन् जसले यसलाई वास्तवमै विश्वकै लोकप्रिय भारतीय ब्राण्ड बनेको छ । बजाज यस वर्ष थाइल्यान्डमा प्रवेश गरिसकेको र अर्को वर्ष ब्राजिलमा सम्भावित प्रवेशसंगै विश्वभर लगानी विस्तार गरिरहेको छ ।
‘मोटरसाइकल वर्गमा कम्पनीको विशेष ध्यान र विभेदको रणनीतिप्रति अटल प्रतिबद्धता र टीपीएमको अभ्यासले विश्वव्यापी महत्वाकांक्षासँग मिलेर आज बजाजलाई विश्वभर सर्वाधिक मूल्यवान दुई पाङ्ग्रे सवारी कम्पनी बनाएको छ,’ बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले भनेका छन्, ‘यसले हामीलाई अझ बढि सेवा प्रदान गर्न र विश्वभरि ग्राहकहरुलाई खुशी पार्न प्रोरित गरेको छ ।’
बजाज अटो बजाज समूहको फ्ल्यागसीप कम्पनी हो । बजाज समूह भारतमा शीर्ष १० व्यापार घरानाहरु मध्ये एक हो ।

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा : रेड्मी नोट १४प्रो+५जी
दिखुवाखोलामा मोटरेबल पुल निर्माण थालियो, ५ करोड ५० लाख रूपैयाँ खर्च लाग्ने

प्रतिक्रिया