प्रतिनिधि सभा विघटन : बल्ल राजपत्रमा प्रकाशित भो सूचना !

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको सूचना नेपाल राजपत्रमा बल्ल प्रकाशित भएको छ । पुस ५ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी सूचना सार्वजनिक भएको थियो ।
तर प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना भने राजपत्रमा प्रकाशित भएको थिएन । सर्वोच्चको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइमा बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटन भएको सूचना राजपत्रमा किन प्रकाशित नभएको भन्दै प्रश्न गरेका थिए ।
लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले प्रतिनिधि सभा विघटनबारे नेपाल राजपत्रमा प्रकाशित सूचना इजलासमा बुझाउन महान्यायाधीवक्ता कार्यालयलाई भनेका थिए । महान्यायाधीवक्ता कार्यालयले प्रतिनिधि सभा विघटन भएको एक महिनापछि बल्ल सूचना प्रकाशित गरेर संवैधानिक इजलासलाई बुझाएको हो ।
जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । यसअघि प्रकाशित नभएको सूचना रातारात पुस ५ कै मिति राखेर राजपत्रमा प्रकाशित गरिएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको हो ।
यो पनि पढ्नुहोस
प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

बजेटको प्राथमिकताका विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिक्रिया