राजनीति

प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना इजलासमा पेश

इकागज |
माघ ९, २०७७ शुक्रबार १२:१३ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनबारे राजपत्रमा प्रकाशित सूचना संवैधानिक इजलासमा पेश भएको छ । महान्यायाधीवक्ता कार्यालयले शुक्रबार इजलास सुरु हुनुभन्दा पहिले नै राजपत्रमा प्रकाशित सूचना सर्वोच्चलाई बुझाएको हो ।

बिहीबारको सुनुवाइमा अधिवक्ता ओमप्रकाश अर्याल र टीकाराम भट्टराईले प्रतिनिधि सभा विघटन भएको निर्णयको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै प्रश्न उठाएका थिए । लगत्तै न्यायाधीश अनिलकुमार सिन्हाले इजलासका तर्फबाट महान्यायाधीवक्ता कार्यालयसँग राजपत्रमा प्रकाशित सूचना माग गरेका थिए ।


महान्यायाधिवक्ता कार्यालयले राजपत्रमा प्रकाशित सूचना पेश गरेपछि प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामाथि संवैधानिक इजलासमा शुक्रबारको बहस सुरु भएको छ । 


 


Author

थप समाचार
x