दाहाल-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दैछ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दाहाल-नेपाल समूहले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
निर्वाचन आयोगले समेत बहुमत हुँदाहुँदै पनि आधिकारिक नेकपाको मान्यता नदिएपछि आक्रोशित बनेको दाहाल-नेपाल समूह सडक आन्दोलन थप चर्काउने निष्कर्षमा पुगेको छ । यसअघि आइतबार बसेको दाहाल-नेपाल समूहको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको थियो ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल नेपाल समूह विभाजन भएर सडक संघर्षमा आएको हो । यसक्रममा माइतीघरमा धर्ना बस्नेदेखि काठमाडौँमै शक्ति प्रदर्शनसम्मका कार्यक्रम दाहाल-नेपाल समूहले गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका दर्जन बढी रिटमाथि सुनुवाइ पनि चलिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया