देउवाको कुरामा पौडेलको असन्तुष्टि : केन्द्रीय समिति बैठकअघि पौडेलले बोलाए गुटको भेला

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि बस्ने केन्द्रीय समिति बैठकका विषयमा छलफल गर्न छुट्टै भेला बोलाएका छन् । प्रतिनिधि सभा विघटन, सभापति शेरबहादुर देउवाको लाइन र केन्द्रीय समिति बैठकका एजेन्डाका विषयमा छलफल गर्न पौडेलले आफ्नै निवास बोहराटारमा छुट्टै भेला बोलाएका हुन् ।
भेलामा पौडेल निकट कांग्रेस केन्द्रीय समितिका नेताहरुलाई बोलाइएको छ । पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार प्रतिनिधि सभा विघटनका विषयमा केन्द्रीय समिति बैठकमा उठाउने एजेन्डाका विषयमा वरिष्ठ नेता पौडेलले साझा धारणा बनाउन आफू निकट नेताहरुसँग परामर्श गर्न लागेका हुन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले सडक आन्दोलन थाले पनि पुनःस्थापना शब्द उच्चारण गरेको छैन् । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई कांग्रेसले अलोकतान्त्रिक र असंवैधानिक भने पनि पुनःस्थापनाको माग उठाएको छैन ।
प्रधानमन्त्री ओलीप्रति नरम रहेर भित्रभित्रै चुनावमा जाने सभापति शेरबहादुर देउवाको लाइनमा वरिष्ठ नेता पौडेल पक्ष असन्तुष्ट छ ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि विधान संशोधन गर्न तयारी छौँः सभापति …

‘कांग्रेसले संयमित र जिम्मेवार भएर राजनीति गर्छ’

विद्युत प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न हुँदैनः डा. कोइराला

लोकतन्त्र र प्रेस एक अर्काका परिपुरकः परराष्ट्रमन्त्री राणा

संसद् आजैदेखि खुल्छ, किन खुल्यो भन्नेबारे भिडियोबाट जानकारी दिन्छु : गगन थापा

भिजिट भिसा प्रकरण : उद्योग समितिको बैठकमा झण्डै हात हालाहाल (भिडियोसहित)

अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया