राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ जनालाई विपक्षी बनाएर सभामुखद्वारा रिट दायर, आइतबार सुनुवाइ हुने

काठमाडौँ : संवैधानिक अंगका नियुक्ति र सपथ असंवैधानिक भएको जिकीरसहित सभामुख अग्निप्रसाद सापकोटाद्वारा सर्वोच्च अदालतमा दायर गरिएको रिटमा आइतबार सुनुवाइ हुने भएको छ । सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी, संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, सदस्यद्वय प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, मुख्यसचिव शंकरदास बैरागी, सपथ लिएका ३२ जना संवैधानिक अंगका सदस्यसहित ३९ जनालाई विपक्षी बनाएका छन् ।
सभामुख सापकोटाले शुक्रबार आफै उपस्थित भएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिट दायर गर्न सभामुखको साथमा नेकपा दाहाल-नेपाल समूहका नेतृ शशी श्रेष्ठ, रामकुमारी झाक्रीलगायत नेताहरू गएका थिए ।
संवैधानिक नियुक्ति र सपथ दुवै गैरसंवैधानिक भएको जिकीर सभामुखको छ । संवैधानिक परिषद्को सदस्य भए पनि नियुक्तिमा सापकोटा सामेल थिएनन् । संवैधानिक अंगमा ३२ जना पदाधिकारीको सपथ बुधबार बिहान कार्यालय खुल्नु अगावै भएको थियो ।
र, यो पनि
- सर्वोच्च अदालतमा सभामुख सापकोटा

हुम्लामा हिमताल फुटदा कति भयो क्षति?

दैलेखको पेट्रोलियम पदार्थको उत्खनन आफनै पालामा सुरू भएको प्रचण्डको दावी

हुम्लामा फुटयाे हिमताल, बस्ती जोखिममा परे पछि उद्दार गर्न प्रचण्डको आग्रह

राष्ट्रियसभा बैठकमा चलचित्र बिधेयक पेश गरिने

संघीय संसदको एक समितिको बैठक बस्दै

प्रतिनिधिसभा बैठक बस्दै, चार मन्त्रीले जवाफ दिने

समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

प्रतिक्रिया