लोकतन्त्रको विकास र सुदृढीकरण लामो र निरन्तरको प्रक्रिया : सभामुख सापकोटा

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरण एउटा लामो र निरन्तर प्रक्रिया भएको बताएका छन् ।
उनले भने, 'नेपाली जनताको त्याग, विभिन्न कालखण्डमा भएका सङ्घर्ष र बलिदानको प्रतिफलका रुपमा प्राप्त लोकतन्त्रको जीवन्त र जनमुखी अभ्यास गर्नुपर्ने अवस्थामा यसको पालना, संरक्षण र संवद्र्धन गर्ने दायित्व बहनको विषय लोकतन्त्रका लागि मुख्य चुनौतीका रुपमा खडा भएको छ ।'
सन्देशमा उनले राष्ट्रिय प्रजातन्त्र दिवस-२०७७ का अवसरमा एक शुभकामना सन्देश दिँदै उनले लोकतन्त्रको सुव्यवस्थित र संस्थागत अभ्यासका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।
लोकतन्त्र र संविधानमाथि देखिएका चुनौतीको सामना गर्दै यसको उन्नत अभ्यासका लागि सबै राजनीतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत् तथा सम्बद्ध सबै पक्ष संवेदनशील र जागरुक हुनुपर्ने अवस्था आएको सभामुखले सन्देशमा स्पष्ट गरेका छन् ।
सभामुखको सन्देशमा भनिएको छ, 'लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न सङ्घर्षका क्रममा जीवन आहुति दिनुभएका सम्पूर्ण महान शहीदप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।' उनले लामो र कठिन सङ्घर्षका क्रममा घाइते तथा अपाङ्ग हुनुभएका एवं तत्कालीन राज्यसत्ताबाट बेपत्ता पारिएका योद्धाको योगदानकोे स्मरण गर्नुभएको छ । लोकतन्त्र सैद्धान्तिक अवधारणा मात्र होइन यो हाम्रो सोचाइ, पद्धति, जीवन व्यवहार र आउने पुस्तालाई हस्तान्तरण गर्ने संस्कार पनि भएको सभामुखको भनाइ छ ।

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

समाजवाद प्राप्त गर्न अझै वर्ग सङ्घर्ष आवश्यकः पूर्वउपराष्ट्रपति पुन

प्रतिक्रिया