मंगलबार ०३ असार, २०८२
Tuesday, June 17, 2025

असंवैधानिक कदम सच्चिएपछि कांग्रेस चुनावमा जान डराउनु हुन्‍न : डा. रिजाल

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकारको असंवैधानिक कदम सच्चिएपछि निर्वाचनमा जान कांग्रेसले सोच्‍नु पर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित ‘वर्तमान राजनीतिक चुनौती र अवसर : नेपाली कांग्रेसको भूमिका विषयक अन्तर्क्रियामा डा. रिजालले असंवैधानिक कदम नसच्चिदासम्म भने निर्वाचनमा जान नसकिने बताए ।
 
‘संविधान ठिक ठाउँमा आयो । सर्वोच्च अदालतले सही निर्णय गर्‍यो भने मंसिरमा निर्वाचनमा जाने विषयमा पार्टीले सोच्‍चुपर्छ,’ डा. रिजालले भने ।
 
प्रतिनिधि सभा विघटनका विषयमा व्यक्तिगत रूपमा नेताहरूका केही फरक धारणा आए पनि पार्टी संस्थागतरूपमा यो कदम अलोकतान्त्रिक र असंवैधानिक हो भन्‍नेमा एकढिक्का रहेको बताए ।

‘नेताहरूका विघटनपछिको अवस्थाका बारेमा केही फरक धारणा छन्, तर, पार्टीले सर्वसम्मत विघटन असंवैधानिक र अलोकतान्त्रिक हो भनेर निर्णय गरेको छ,’ रिजालले भने ।
 
अहिलेको अवस्थामा संविधानलाई सही ट्रयाकमा ल्याएर मुलुलाई चुनावी महोलमा लैजानु पर्ने अवस्था निर्माण भएको डा. रिजालको भनाइ छ । तर, अहिले प्रधानमन्त्रीक केपी शर्मा ओलीले परिचालन गरेको राज्यका मेशिनरीले स्वच्छ र निष्पक्ष निर्वाचन गर्नेमा शंका रहेको डा. रिजालले बताए ।