‘संसद् पुनर्स्थापना भइहाले प्रचण्डजी र माधवजी हलबाँधेर प्रधानमन्त्री खोज्न म कहाँ आउन बेर छैन’
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला सुनाए नेकपा दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल प्रधानमन्त्री खोज्दै आफैँ कहाँ आइपुग्ने टिप्पणी गरे । मंगलबार आफू निकट युवा संघ नेपालको केन्द्रीय कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभा पुनर्स्थापना भइहाले प्रधानमन्त्री खोज्दै दाहाल नेपाल आफू कहाँ आइपुग्ने बताएका हुन् ।
‘संसद् पुनर्स्थापना भयो भने के हुन्छ भन्दा प्रचण्डजी र माधवजी हल बाँधेर प्रधानमन्त्री खोज्न निस्कनुहुन्छ । कहिले उत्तरतिर कहिले यस्सो दक्षिणतिर लाग्नु हुन्छ । प्रधानमन्त्री भइदिनुस् न यत्ति त मानिदिनुस् न भन्नुहुन्छ,’ उनले भने, ‘उहाँहरुको कुनै सम्भावना छ प्रधानमन्त्री हुने ? एकभन्दा तल प्रतिशत पनि छैन उहाँहरुको सम्भाना । लडाइँ जितिहाल्नु भयो भने उहाँहरु प्रधानमन्त्री खोज्दै हिँडेर अन्तिममा मकहाँ आइपुग्न बेर लाउनुहुन्न ।’
ओलीले आधिकारिक नेकपा आफूले नेतृत्व गरेको पार्टी र उक्त पार्टीको चुनाव चिन्ह यही पार्टीले नै पाउने दाबी गरे । ओलीले २०४८ सालमा आफूले नै निर्वाचन आयोगमा चिन्ह दर्ता गराएको र आफू सधैँ सूर्य चिन्हबाटै चुनाव लडिरहेको बताए । उनले दाहालले अहिलेसम्म सूर्य चिन्हमा चुनाव नलडेको पनि बताए ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया