आगो निभाउने क्रममा घाइते भएका भुलको मृत्यु

डोटी : गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका जिल्लाको शिखर नगरपालिका-७ का ६५ वर्षीय लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ ।
गाउँ नजिकै रहेको शिल्या खोला डाँडाको जङ्गलमा लागेको आगो निभाउने क्रममा उनी बिहीबार साँझ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएका भुललाई बिहीबार नै स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिदिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा भर्ना गरिएको थियो ।
जलेको अवस्थामा अस्पतालमा पुर्याइएको भए पनि गएराती उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेको, दुवै हत्केलाको पछाडि, टाउँको, निधार, छाती र मुखमा जलेकाले बचाउन नसकिएको उपचारमा संलग्न सुजङ अस्पतालका चिकित्सक अर्जुन बलायरले जानकारी दिए । मृतक भुलको शव परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा लगिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । रासस

खप्तड घुम्न आउनेको सुरक्षाका लागि डोटीमा पर्यटक प्रहरी चौकी स्थापित

बजेट अभावले अर्बौंका खानेपानी आयोजना अलपत्र

कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ

डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, सात जना घाइते

अछाम आगलागीमा २७ घर नष्ट

नक्कली कागजात बनाएर वन फडानी गर्ने पक्राउ

६ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री

प्रतिक्रिया