पार्कको शिलान्यास र पुलको उद्घाटन गर्न ओली झापा आउँदै
विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा जिल्लामा आफ्नो निर्वाचन क्षेत्र केन्द्रित विभिन्न विकासे योजनाको सिलान्यास र उद्घाटनका लागि आइतबार झापा आउँदैछन् । आज बिहानको पहिलो उडानबाट भद्रपुर विमान स्थलमा आउन लागेका ओली दिन भर उद्घाटन र शिलान्यासमा व्यस्त भएर साँझ काठमाडौँ फर्कने कार्यतालिका छ ।
विमानवाट भद्रपुर विमानस्थलमा अवतरण भइ दिनभर झापाका विभिन्न कार्यक्रममा सहभागी भइ प्रधामन्त्री आजै फर्कने कार्यक्रम रहेको प्रदेश १ का प्रहरी प्रमुख इश्वरबाबु कार्कीले इकागजलाई वताए । प्रधानमन्त्री ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा बन्न लागेको ‘चाइना नेपाल मैत्री पार्क’ शिलान्यास गर्दै छन् । २ हजार २ सय विघा क्षेत्रमा निर्माण हुन लागेको यो औद्योगीक पार्क नेपालकै नमुना हुने दाबी गरिएको छ । झापाको दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा क्षेत्रमा यो र्पाकको निर्माण हुन लागेको हो ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै दमक र इमालको चुलाचुलीमा पर्ने रतुवा खोलामा निर्माण भएको पुलको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको छ । चुरे फेदीवाट निर्माणाधिन मदन भण्डारी राजर्मागअन्तगत काकरभिट्टादेखि धरानसम्म बन्ने ३१ वटा पुलको सामुहिक रूपमा शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमनत्री ओलीले आजै औद्योगीक र्पाकमा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सभामा ५० हजार भन्दा बढी मान्छे उर्ताने आयोजकले दाबी गरेका छन् । पछिल्ला राजनीतिक घटनाक्रमपछि प्रधानमन्त्री ओली पहिलो पटक गृह जिल्ला आउन लागेका हुन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया