प्रिमियर लिगः बेकहमको कीर्तिमान तोडे सिटीका डे ब्रुएनाले

काठमाडौँ: प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटीले वेस्टह्यामलाई २-१ हराउँदा केभिन डे ब्रुएनाले एक असिस्टको योगदान गरे । बेल्जियन प्लेमेकरले खेलमा सुरुवाती गोल गरेका रुबेन डायसलाई पास उपलब्ध गराएका थिए ।
सो असिस्ट डे ब्रुएनाको जारी लिगमा ११ औँ थियो । जसले उनलाई प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै असिस्ट प्रदान गर्ने खेलाडीहरूको सूचीको १० औँ स्थानमा पुर्याएको छ । सिटीलाई लिगमा लगातार १३ औँ जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका डे ब्रुएना जारी सिजनमा ह्यारी केनले जत्ति नै असिस्ट दर्ता गरेका छन् ।
तथ्यांकमा डे ब्रुएना
वेस्टह्यामविरुद्वको खेलमा असिस्ट प्रदान गरेसँगै प्रिमियर लिगमा डे ब्रुएनाको कुल असिस्ट संख्या ७७ पुगेको छ । जुन इंग्लिस लिग इतिहासमा धेरै असिस्ट गर्ने खेलाडीको सूचीमा ११ औँ स्थानमा रहेको डेभिड बेकहमको भन्दा धेरै हो । पूर्व म्यानचेस्टर युनाइटेड खेलाडी बेकहेमको नाममा ७४ असिस्ट रहेको छ । सूचीमा पहिलो नम्बरमा रायन गिग्स छन् । उनको नाममा एक सय ६२ असिस्ट छ ।
त्यसैगरी दोस्रो स्थानमा सेस फाब्रिगास (१११), तेस्रो स्थानमा वायन रनी (१०३), चौँथौँ स्थानमा फ्रान्क लाम्पार्ड (१०२) र पाँचौ स्थानमा डेनि बर्गक्याम्प (९४) रहेका छन् ।
सिटीका पूर्व मिडफिल्डर डेभिड सिल्भा ९३ असिस्ट सहित सूचीको छैठौँ स्थानमा रहँदा, लिभरपुलका पूर्व कप्तान स्टिभन जेरार्ड ९२ असिस्ट सहित सातौँ र जेम्स मिल्नरको ८५ असिस्टका साथ आठौँ स्थानमा छन् ।
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

गण्डकी प्रदेशस्तरीय क्रिकेट : स्याङ्जा फाइनलमा

सुपर ओभरमा नेदरल्याण्ड्सद्वारा नेपाल पराजित

टोटनहमको नयाँ प्रशिक्षकमा थोमस फ्रान्क

तेस्रो गण्डकी प्रदेश स्तरीय टी-२० क्रिकेट प्रतियोगिता आजबाट

आज अन्तरराष्ट्रिय खेल दिवस

रोनाल्डोले क्लब विश्वकप नखेल्ने

प्रतिक्रिया