'प्रधानमन्त्री बन्न ज्योतिषीको जोखना : देउवा फेरि ज्योतिषी सुरेशचन्द्र रिजालको पाउ परे'

काठमाडौँ : कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नका लागि ज्योतिषको पाउ परेको नागरिक अभियन्ता तथा लेखक खगेन्द्र संग्रौलाले आरोप लगाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्वीट गर्दै देउवामाथि संग्रौलाले आरोप लगाएका हुन् ।
देउवालाई आरोप लगाउँदै संग्रौलाले डोरबहादुर बिष्टले यस्तै नेता/शासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेको उल्लेख गरेका छन् । 'शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न मानवीय मूल्यको राजनीति र जनसेवाबाट प्राप्त जनसमर्थनको होइन,ज्योतिषको जोखानाको भरपत्यार छ' संग्रौलाले लेखेका छन् 'ल हेर, देउवा फेरि ज्योतिष सुरेशचन्द्र रिजालका पाउ परेछन् ! डोरबहादुर बिष्टले यस्तै नेता/शासकको रूढिग्रस्त विश्वासलाई विकासको बाधक मानेका होइनन् र ?'
शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न मानवीय मूल्यकाे राजनीति र जनसेवाबाट प्राप्त जनसमर्थनकाे हाेइन,जाेतिसीकाे जाेखानाकाे भरपत्यार छ।ल हेर,देउवा फेरि जाेतिसी सुरेशचन्द्र रिजालका पाउ परेछन्!डाेरबहादुर बिष्टले यस्तै नेता/शासककाे रूढिग्रस्त विश्वासलाई विकासकाे बाधक मानेका हाेइनन् र?
— Khagendra Sangroula (@belakoboli) March 4, 2021
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

प्रतिक्रिया