असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्न, अबिलम्ब फिर्ता गरियोस् : खाण

काठमाडौँ : नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले संविधानविपरीत आएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अबिलम्ब फिर्ता गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै प्रमुख सचेतक खाणले असंवैधानिक अध्यादेश स्वीकार गर्नै नसकिने बताए ।
उनले भने, 'असंवैधानिक अध्यादेश स्वीकार गर्नै सकिन्न । पहिलोपल्ट सरकारले फर्कायो अनि फेरि ल्यायो । यो अध्यादेश सदनमा प्रवेश गर्न सक्दैन । यो असंवैधानिक अध्यादेश अबिलम्ब फिर्ता गरियोस् ।'
विरोधकाबीच मन्त्रीले अध्यादेश पेश गरेपछि नेपाली कांग्रेसका सांसदहरू नाराबाजी गर्दे बेल घेर्न पुगेका थिए । सांसदहरूले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

‘विज्ञान प्रविधिमा आधारित उद्यमशीलता आवश्यक छ’ : अध्यक्ष दाहाल

‘सुशासनका लागि स्थायी सरकार आवश्यक छ’

पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’को निरीक्षण

उपसभामुख राना दक्षिण अफ्रिका प्रस्थान

बिहीबारसम्मका लागि संसद स्थगित

रास्वपाका सांसदहरुले अभद्र शैलीका साथ संसद अवरोध गरेः सचेतक बर्तौला

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिक्रिया