बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

जसपा दलको बैठक बस्दै, प्रतिनिधि सभामा निर्वाह गर्ने भूमिकामा छलफल हुने

काठमाडौँ : जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १ बजे संसदीय दलको बैठक बस्‍ने सांसद चन्दा चौधरीले जानकारी दिइन् । पछिल्लो राजनीतिक अवस्था र पार्टीले प्रतिनिधि सभामा निर्वाह गर्ने भूमिकाका विषयमा बैठकमा छलफल हुने चौधरीले बताइन ।

आइतबारबाट सुरु भएको प्रतिनिधि सभा बैठक फेरि बुधबारका लागि बोलाइएको छ । बुधबारको बैठकमा कसरी प्रस्तुत हुने भन्‍ने विषय दल बैठकको मुख्य एजेण्डा रहेको चौधरीको भनाइ छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर जनता समाजवादी पार्टी बनेपछि अहिलेसम्म अहिलेसम्म दलको संयुक्त बैठक बसेको छैन ।

दुई पार्टीबीच गत बैशाख ११ गते पार्टी एकीकरण भएको हो । पार्टी एकीकरणपछि पहिलो पटक बैठक बस्‍न लागेकाले सोमबार पूर्व राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका सांसदहरू छुट्टाछुट्टै छलफल गरेका थिए ।