माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
मंगलबार माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग सत्ता समिकरणबारे छलफल गरेका थिए । देउवा र भट्टराईसँग भएका छलफलबारे पनि दाहालले बैठकमा जानकारी गराउने माओवादीका एक नेताले बताए ।
मंगलबार पनि माओवादीको स्थायी कमिटी बैठक बसेको थियो ।

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया