मलाई प्रधानमन्त्रीभन्दा पार्टी सभापतिमा बढी रुची छ : देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीमा भन्दा पार्टी सभापतिमा बढी रुची भएको बताएका छन् । उनले त्यो विश्वास अविश्वासको खेलमा लाग्नुभन्दा पार्टीलाई मजबुत बनाएर आगामी चुनावमा बहुमत ल्याउने तर्फ लाग्ने बताएका हुन् ।
कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँग देउवाले कम्युनिस्टहरुको भर नहुने भन्दै आफूलाई अहिले पार्टी सभापतिमा नै ध्यान केन्द्रित गर्ने बताए । उनले अब महाधिवेशन गरेर आफु नै पुनः सभापति भएर आउने उनले प्रष्ट पारेका थिए ।
आदिवासी जनजातीका नेताहरु उनलाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । ‘मलाई प्रधानमन्त्री हुने विषयमा कुनै मतलब नै छैन । अहिले भनेको म सभापति हुने हो । मेरो ध्यान त्यता छ । कता यस्ता भर नभएका कम्युनिस्टको कुरा गरेर बस्नु,’ उनको भनाई उद्धृत गर्दै एक सहभागिले बताउँदै भने, ‘मलाई एक पटक पुनः पार्टी हाकेर उचाईमा पुर्याउन आवश्यक छ ।’
उनले अहिले नै अविश्वासको विषयमा के कुरा गर्ने भन्दै उनीहरु नै आफू आफू भिडिरहेका छन किन हामी त्यहाँ प्रवेश गर्ने भन्दै उनले भने, ‘अहिले प्रधानमन्त्री भए पनि एक महिनापछि फेरि अविश्वास प्रस्ताव अनि त्यतिबेला विश्वासको मत नदिने जस्ता समस्या आउने हुँदा त्यो खेलमा नजाने यता पार्टी नै बलियो बनाउने तर्फ लाग्नेछु ।’
देउवालाई मंगलबार मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने साथ मागेका थिए । तर देउवाले पूर्ण आश्वस्त पारेनन् । उनले केही समय कुर्न भन्ने जवाफ दिएका थिए ।

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

नेता शास्त्रीको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

एकीकृत समाजवादीको ५० जिल्ला अधिवेशन सकियो

प्रतिक्रिया