जसपा र माओवादीलाई साथ दिऊँ, सरकार ढलाइदिऊँ : पौडेल
'सभापति देउवाको मौनता रहस्यमय'

पोखरा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको वर्तमान राजनीतिक परिवेशमा पार्टी सभापति शेरबहादुर देउवा मौन बस्नु रहस्यमय भएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलका सभापतिले सरकार संकटमा हुँदा मौन बस्न नहुने उनको भनाइ छ । प्रेस युनियन कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले भने, ‘हाम्रो सभापतिज्यूको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’
अहिलेको अवस्थामा कांग्रेसले देशको राजनीतिमा आफ्नो भूमिका देखाउन सक्नुपर्ने पौडेलले बताए । पौडेलले भने, ‘यो अनिर्णयको, ढुलमुल अवस्थामा कांग्रेस रहनु हुँदैन, अझै पनि निर्णय दिन नसक्ने हो भने राष्ट्रको मूल राजनीतिमा कांग्रेसले भूमिका खेलेको ठहर्दैन ।’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश १ र बागमती सरकार ढालिदिन सभापति देउवासँग आग्रह गरेको उनले बताए । उनले भने, ‘प्रदेश १ र बागमतिमा प्रस्ताव ल्याओ भोट हालेर गिराइदिऔं भनेको हो ।’
जनता समाजवादीको साथ पाउन ओलीले दिएका आश्वासन कांग्रेसले पनि दिनसक्नुपर्ने उनको तर्क थियो । जसपाका नेताहरूबाट कांग्रेस सभापतिले निधो नगरेको गुनासो आएको सुनाए । ‘जसपा र माओवादी केन्द्रलाई पनि साथ दिऊँ, यो सरकार ढलाइदिऊँ । तर अहिलेसम्म यो अगाडि बढ्न सकेको छैन’ पौडेलले भने ।
नेपालमा विदेशी शक्तिले खेल खेलिरहँदा देशको राजनीति आफ्नै हातमा राख्न सक्नुपर्ने उनले बताए । ‘हामी राजनीतिक दलहरुले खेल अरुको हातमा जान नदिएर आफ्नै हातमा राख्नुपर्छ,’ उनले भने ।
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल
रास्वपाले भन्यो: भिजिट भिसा प्रकरणमा ठगिएका २ हजार नेपाली सम्पर्कमा हुनुहुन्छ

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, धाेबिखाे…

जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट …

प्रतिक्रिया