आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

कांग्रेसले केन्द्रीय समिति र कार्यसम्पादनको बैठक बसेर चुनावी गठबन्धनबारे निर्णय लिन्छ- उपसभापति खड्का

फाइल तस्‍बिर

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चुनावी गठबन्धनबारे पार्टीभित्र गम्भीर छलफल गरेर निर्णय लिने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले चुनावी गठबन्धनबारे पार्टीको आगामी केन्द्रीय समिति र कार्यसम्पादनको बैठक बसेर छलफल गरेर निष्कर्ष निकालिने बताएका हुन् ।

'जसरी कांग्रेस एमसीसीका बारेमा एउटै ठाउँमा उभियो सोही अनुसार गठबन्धनका बारेमा पनि छलफल गरेर कांग्रेस एकै ठाउँमा उभिन्छ', उनले भने ।